नेपाली / English

लायन्स क्लब अफ रामेछापको प्रसिडेण्टमा प्रज्ञान  घिमीरे चयन

काठमाडौं । लायन्स क्लब अफ रामेछापको नियमीत बैठक मल्टिपल जीएलटी एरिया लिडर लायन शम्भु घिमीरेको प्रमुख आतिथ्यमा दियो पार्टी प्यालेसमा सम्पन्न भएको छ ।

बैठकमा लायन्स क्लवहरु खुल्ने र बन्द हुने यो नियति भोग्दै आएका लायन्सहरुको समस्यालाई दिर्घकालिनरुपमा कसरी समाधान गर्ने विषयमा छलफल भएको थियो । साथै रामेछाप क्लबले २०२१/२०२२ का लागि नया पदाधिकारीहरुको चयन गरेको छ ।
बैठकले २०२१/२०२२ का लागि कल्ब प्रसिडेण्टमा लायन प्रज्ञान  घिमीरे प्रथम भाईस प्रसिडेण्टमा लायन महेन्द्र  थापा द्वतिय भाईस प्रसिडेण्टमा लायन गोविन्द प्रसाद  घिमीरे सेक्रेट्रिमा लायन भुवन भुसाल क्लब टे«जररमा लायन रविन्द्र तिवारी लगायत विभिन्न पदाधिकारीहरुको चयन गरेको छ ।