नेपाली / English

विश्वमा हालसम्म ३० लाख मानिस कोरोनाको कारणले मृत्यृ; प्रत्येक मिनेट ८ हरेक घण्टा ५०० को मृत्यु, १२,००० प्रति दिन कोरोना संक्रमित

काठमाडौं । विश्वव्यापी रूपमा कोरोनाभाइरस संक्रमणको कारणले मृत्यु हुनेको संख्या गत शनिबारसम्म ३० लाखको अंक पार गरि सकेकोछ । गत हप्ताको कुरा गर्ने हो भने कोरोना संक्रमणको लगभग ७ लाख नयाँ घटनाहरू प्रत्येक दिन विश्वभरि देखा पर्दैछन् । औसतमा दैनिक १२ हजारको मृत्यु भईरहेको छ । अर्थात प्रत्येक घण्टामा ५०० जनाको मृत्यु र हरेक मिनेट ८ जनाको मृत्यु कोरोनाका कारण भईरहेको छ । वास्तविक संख्या अझ बढी हुन सक्छ, किनकि विश्वका धेरै देशहरूमा नयाँ घटना र मृत्युको सही तथ्याङ्क आई रहेको छैन ।

विश्वमा कोरोनाको यस्तो लहर चलिरहेको छ तर नेपाल सरकारको खासै यस विषयमा ध्यान गएको देखिदैन । नेपालमा जनजीवन एकदम सामान्य रुपमा सञ्चालित भईरहेको छ । विद्यालय पनि आजसम्म सञ्चालितै छन् । भरखर काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङका सबै विद्यालय वैशाखभरी बन्द गर्ने मन्त्रिपरिषद्ले गरेको निर्णय स्वागत योग्य छ । तर, समयको नाजुकतालाई मध्यनजर गदै वैशाखसम्म नपर्खेको भए अझ उक्तम हुने थियो । विश्वको तथ्याङ्क भन्दा पनि हाम्रो पडोसी भारतको स्थिति त्यसमा पनि नेपालसँग जोडिएको सीमाना उत्तर प्रदेशको अवस्थालाई नेपाल सरकारले विशेष ध्यान दिनु पर्ने हो ।

गत शनिबार सम्म ब्राजिलमा दैनिक तीन हजार भन्दा बढीको मृत्यु भईरहेको छ । पछिल्ला हप्ताहरूमा संसारमा मृत्युहुनेमा प्रत्येक चौथो व्यक्ति ब्राजिलबाट भएको छ । विश्वव्यापी खोप अभियान पछि पनि, कोरोनाले भारत र ब्राजिल जस्ता देशहरूमा विकराल रुप लिदैछ । बेडहरू अस्पतालहरूमा खाली छैनन् । ब्लूमबर्ग रिपोर्टका अनुसार, कोरोना २०१९ को अन्त्यमा चीनको वुहानमा शुरू भएको थियो र शुरुको ८.५ महिनामा १० लाख मानिसहरुको मृत्यु भएको थियो ।

करोना कालका यी १५ महिनामा कोरोनाको कारण मृत्यृ हुनेहरूको संख्या जमैका वा आर्मेनियाको जनसंख्या भन्दा बढी हो । यो सन् १९८० देखि १९८८ सम्म चलेको इरान–इराक युद्धमा भएको मृत्यु भन्दा तीन गुणा बढी हो । इजरायल जस्ता देशहरूले कोरोना खोपको फाइदा लिइसकेका छन्, तर पनि विश्वमा अहिलेसम्म महामारीको अन्त्य हुने कुनै संकेत भने देखिएको छैन । गत शुक्रबार ८.२९ लाख नयाँ घटनाहरू विश्वभरि रिपोर्ट भएका छन् जुन अहिलेसम्मको सबैभन्दा ठूलो एकल फिगर हो ।