नेपाली / English

दोस्रा चरणको कोभीड–१९ ले स्थिति डरलाग्दो हुन सक्ने सम्भावना, एक सातामा ४६ प्रतिशतले बढ्यो संक्रमण

काठमाडौँ । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार पछिल्लो एक सातामा नेपालमा कोरोना भाइरसको संक्रमण दर ४५.६१ प्रतिशतले बढेको छ । नया वर्षको शुरुमा नेपालमा पीसीआर परीक्षण गर्दा संक्रमण दर १३.६५ रहेको थियो भने ८ गते बुधबार बढेर २५.१० प्रतिशत पुगेको छ । भाइरसको यो दोस्रो लहर पहिलेको भन्दा संक्रामक घातक रहेको अनुसन्धानले देखाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार एक हप्ताको अवधिमा ८ हजार २३३ जनामा संक्रमणको पुष्टि भएको छ भने कोभिड–१९ को संक्रमणबाट ५१ जनाको मृत्यु भएको छ ।