नेपाली / English

पत्रकार महासंघ उपत्यका प्रदेशद्वारा ‘कोभिड–१९ उपत्यका संयोजन समिति’ गठन

काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेश समितिले ‘कोभिड–१९ उपत्यका संयोजन समिति’ ९कोभिड–१९०  गठन गरेको छ । कोडिभ–१९ महामारीले प्रदेश अन्तर्गतका पत्रकार तथा सञ्चारकर्मीमा पारेको प्रभावको विश्लेषण, कोभिड संक्रमित पत्रकारलाई राहत तथा उपचारको समन्वय लगायतको कार्य गर्न सो समिति गठन गरिएको महासचिव टेनिस रोकाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उपत्यका प्रदेशले अध्यक्ष श्रीजन झाको संयोजक रहने गरी महासचिव टेनिस रोका, सचिव रोशन पाण्डे र सदस्य विष्णु निश्चलसहित तीन जिल्लाका अध्यक्षहरु सदस्य रहेको सिभिसीसी गठन गरिको हो । साथै महासंघले कोभिड–१९ को बढ्दो जोखिमलाई मध्यनजर गर्दै ‘उपत्यका प्रदेश पत्रकार कोभिड राहत कोष’ पनि गठन गर्ने निर्णय गरेको छ । कोषाध्यक्ष अर्जुन पन्त संयोजक र  सदस्यहरुमा रत्न श्रेष्ठसहित तीन जिल्लाका कोषाध्यक्ष रहने गरी कोष स्थापना गरिएको हो ।