नेपाली / English

गाजामा इजरायली हवाई हमलाका कारण धेरै मिडिया कार्यालयहरू ध्वस्त

तेल अवीव । इजरायली डिफेन्स फोर्स (आईडीएफ) ले शनिबार साँझ गरेको हवाई हमलाले १२ तले अपार्टमेन्ट (गाजा टावर) ध्वस्त पारेको छ । जसमा अमेरिकी मिडिया एसोसिएट प्रेस (एपी) र कतारको मिडिया हाउस अल जजीरालगायतका धेरै समाचार समूहहरूको कार्यालयहरू रहेको थिए । आईडीएफले आक्रमण अघि मानिसहरूलाई घर खाली गर्न भनिएको थियो । ठीक एक घण्टा पछि, इजरायलको लड़ाकू विमानले बम विष्फोटन गर्न शुरू गरेको थियो ।

मिडियाले लगाएको आक्रमणको आरोपमा आईडीएफले स्पष्टीकरण दिएको छ । आईडीएफले अनुसार हमासको राजनैतिक शाखा (इजरायलले यसलाई आतंकवादी संगठन मान्दछ) गाजा टावरमा रहेको कार्यालय हो जुन आक्रमण गरी ध्वस्त पारिएको छ । इजरायली सेनाले हमासले प्रेस र मिडिया घरहरूलाई ढालको रूपमा प्रयोग गरेको आरोप लगाएको छ । हामीले आक्रमण गर्नु अघि भवन खाली गर्न पर्याप्त समय दिएका थियौं आईडीएफले भनेको छ ।

इजरायल र हमास बीच चलिरहेको युद्धमा अहिलेसम्म १२६ जनाको मृत्यु भएको छ । मृत्यृ हुनेहरुमा ३१ बच्चाहरु पनि छन् । दुबै पक्षको आक्रमणमा ९५० भन्दा पनि बढी व्यक्ति घाइते भएका छन् । मरेकाहरूमध्ये ९जना इजरायली र बाँकी प्यालेस्तिनी हुन् ।

आईडीएफले एक विज्ञप्ति जारी गरी गाजा पट्टीबाट इजरायलतिर शुक्रवार राती ७ देखि शनिबार बिहान ७ बजेसम्म २०० वटा रकेटहरू छुटेका बताएको छ । ती मध्ये १०० भन्दा बढीलाई इजरायलले हवामा आइरन डोमले असफल पारेको छ । ती रकेटहरु इजराायलको जनसंख्या भएको क्षेत्रमा खस्ने थिए । ती मध्ये ३० मिसफाइर भएर गाजामै खसे । सीरियाली पक्षले पनि शनिबार इजरायलमा ३ रोकेट प्रक्षेपण गरेको थियो त्यसमध्य एक मिसफायर भएर सीरियामै खसेको थियो । अहिलेसम्म हमासले २३०० रकेट इजरायलमा छोडेका छन् ।

इजरायल र प्यालेस्टाइनको युद्ध पछि दुबै देशहरूमा दंगा फैलिरहेका छन् । प्यालेस्टाइनको स्वास्थ्य विभागले शुक्रवार दंगामा करीव ९ जना मानिस मारिए बताएको छ । आईडीएफले आफ्नो विज्ञप्तिमा गाजा पछि इजरायलमा पश्चिमी किनारबाट ढुंगा र बम फाल्ने घटना सुरु भएको भनेको छ । आईडीएफका अनुसार ३००० भन्दा बढी प्यालेस्टाइन यो दंगामा संलग्न छन् । दंगाको सबैभन्दा बढी घटनाहरू यरूशलेम, लाउड, हाइफा र सखानिनमा रहेका छन् ।
युएनका महासचिव एन्टोनियो गुटेरेसले इजरायल प्यालेस्टाइनको मुद्दामा आइतबार युएन सुरक्षा परिषद्को बैठक बोलाएका छन् । उनले यस विषयमा शक्तिशाली देशहरूको मौनतामा दुःख व्यक्त गरेका छन् । संयुक्त राष्ट्रका प्रवक्ता स्टीफन दुजा दुजारिकले “दुई देशबीच शान्ति स्थापना गर्न विश्वले एकजुट हुनुपर्दछ भनेका छन् ।“

यसभन्दा अघि संयुक्त राज्यले बिहीबार हुने संयुक्त राष्ट्र सुरक्षा परिषद (युएनएससी) को बैठक रोकेको थियो । यो बैठक चीनको तर्फबाट बोलाइएको थियो । प्यालेस्टाइनका राष्ट्रपति महमूद अब्बासले संयुक्त राष्ट्रसंघलाई यस विषयमा हस्तक्षेप गर्न आग्रह गरेका छन् ।