नेपाली / English

हमासद्वारा निर्मित सुरुङ्गलाई लक्षित गर्दै इजरायली वायु सेनाको हवाई हमला, हमासका धेरै कमाण्डर मारिए दावी

गाजाः इजरायल र हमास बीच झन युद्ध तीव्र भएको छ । २०१४ को गाजा युद्ध झैं तनाव बढ्दै गइरहेको छ, यस बीच इजरायलले गाजा शहर भित्रको हमासको महत्वपूर्ण सुरुङ्गहरूलाई लक्षित गर्दै हवाई हमला गरेको छ । जानकारीका अनुसार इजरायल डिफेन्स फोर्स (आईडीएफ) को जेटले हमास सुरुङ्गलहरूलाई लक्षित गरि भारी बम विस्फोट गरेको छ ।
इजरायली आक्रमणले १५ किलोमिटर लामो हमास सुरुङ्गलाई लक्षित गरेको थियो उक्त सुरुङ्गमा कम्तिमा ९ जना हमास कमाण्डरहरू रहेको इजरायलले दावी गरेको छ । इजरायली मिडियाका अनुसार सेनाले हमासका उच्च प्रोफाइल कमाण्डरहरूलाई निशाना बनाएको हो । यद्यपि इजरायलले मृतकको कुनै तथ्याङ्क भने दिएको छैन ।

इजरायली समाचारका अनुसार इजरायली वायुसेनाले १५ किलोमिटर लामो सुरुङ्गलाई लक्षित गर्न ४४ लडाकु जेटहरू प्रयोग गरेको थियो । सुरुङ्ग नागरिक क्षेत्रको बीचमा बनाइएको र हमासका मानिसहरूले आम जनतालाई मानव ढालको रूपमा प्रयोग गरिरहेका इजरायली सेनाले दावी गरेको छ ।

इजरायली वायु सेनाले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको बयानमा हमास बिरूद्ध चौथो युद्धको घोषणा गरे पछि यो हमला गरेको हो । त्यस्तै अर्कातिर, हमासले पनि गाजा पट्टीबाट इजरायलको नागरिक क्षेत्रमा अनगिनत राकेटहरु आक्रमण गरेका थिए ।

एक दिन अघि इजरायलले पनि हमासकोे नियन्त्रण क्षेत्रमा गाजा भित्र आक्रमण गरेको थियो । जसमा ४२ जना मध्य कम्तिमा ८ बच्चाहरु र दुई डाक्टरहरु थिए । आइतवारको आक्रमण अहिलेसम्मको सबैभन्दा ठूलो हमला हो । यसैबीच, अन्तर्राष्ट्रिय बिचारका देशहरूले दुबै पक्षलाई तनाव कम गर्न अपील गरेका छन् ।