नेपाली / English

अमिताभ बच्चनले दिएको २ करोड चन्दा फिर्ता गर्न मांग : एक रुपैयाँ पनि नलिन अपील

दिल्ली (भारत) । कोरोना भाइरस महामारीको समयमा धेरै भारतका सेलिब्रेटीहरू मानिसहरूलाई सहयोग गर्न अगाडि आएका छन् । सोनू सूद देखि गुरमीत चौधरीसम्म भारतका ठूला नामहरू छन् जो खाँचोमा परेकाहरूका लागि ’एन्जिल्स’ भन्दा कम छैनन् । भर्खरै, बलिउडका अभिनेता अमिताभ बच्चनले गुरुद्वारा रकाब गंज साहिबमा कोरोना भाइरससँग लड्नका लागि दिल्लीमा शुरू भएको श्री गुरु तेगबहादुर कोविद केयर सेन्टरलाई दुई करोड रुपैयाँ अनुदान दिएका छन् ।

उत्तर प्रदेश अल्पसंख्यक आयोगका सदस्य सरदार परमिंदर सिंहले अमिताभ बच्चनको कडा रुपमा आलोचना गरेका छन् । उनले त्यस्तो व्यक्तिबाट चन्दा लिएको भए यो सिख समाजलाई श्रेय हुने छैन र उनीहरूको मूल्यमान्यताको बिरूद्ध पनि हुने भन्दै सिंहले दिल्ली सिख गुरुद्वारा प्रबन्धक समिति र यसका अध्यक्ष सरदार मञ्जिंदर सिंह सिरसालाई तत्काल चन्दा फिर्ता गर्न आग्रह गरेका छन ।

अभिनेता अमिताभ बच्चनले कोविडका सेवाहरूलाई दिल्ली शिरोमणी गुरुद्वारा प्रवन्धक समितिलाई २ करोडको चन्दा दिएको बुझिएको छ । तेस्रो गुरुको समयमा, सम्राट अकबरले पनि धेरै गाउँ दिन चाहेका थिए तर तेस्रो गुरुले यसलाई स्वीकार गरेका थिएनन किनभने त्यो अकबरको आम्दानी थिएन भन्दै यसअघिको प्रसंगलाई अंकित गरेका छन् । ’

अमिताभ बच्चन जसले १९८४ को सिख दंगामा महत्वपूर्ण भूमिका खेलेका थिए र प्रधानमन्त्री इंदिरा गान्धीको हत्या पछि सिखहरू विरूद्ध दङ्गा उचालेका थिए । यदि त्यस्तो व्यक्तिबाट चन्दा लिएको भए यो सिक्ख समाजका लागि राम्रो हुँदैन र यो उनीहरूको मूल्यमान्यताको बिरूद्ध पनि हुन्छ अल्पसंख्यक आयोगका एक सदस्यले भनेका छन्’।

सिख समाजमा पैसाको अभाव छैन । हामी प्रत्येक घरको अगाडि जान्छौं र हात जोडेर पैसाको लागि सहयोग माग्छौं तर यस प्रकारको दान तुरून्त फिर्ता गर्नु पर्छ भन्दै म अनुरोध गर्न चाहन्छु कि यदि कुनै व्यक्ति छ जसले मानवता बिरूद्ध काम गरेको छ भने, गुरुले त्यस्ता व्यक्तिका हातबाट एक रुपैयाँ पनि लिन हुँदैन सिंहले भनेका छन् ।’