नेपाली / English

आईपीएलका बाँकि म्याच र फायनल युएईमा खेलिने

मुंबई भारत । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले आईपीएलको बाँकी १३ खेलको लागि तीन हप्ताको कता गर्ने भन्ने हल भेट्टाएको छ । बाँकि रहेका १३ खेल १८ देखि १९ सेप्टेम्बरमा सुरू हुन सक्छन । एकै साथ टूर्नामेंट फाइनल ९ वा १० अक्टुबरमा खेल्न सकिनेछ । २१ दिन भित्र लिग राउन्डमा सात एकल, १० डबल हेडर मैचहरू हुन सक्छन् । बीसीसीआईले समाचार एजेन्सीलाई जानकारी दिए अनुसार यस बाहेक क्वालिफायर १, क्वालिफायर २, इलिमिनेटर र फाइनल सहित ४ प्ले अफ अफ खेलहरू पनि खेलाइनेछ ।

यसभन्दा पहिले बोर्डले यी खेलहरूका लागि २ विकल्पहरूमा विचार गरिरहेको थियो । जसमा इगल्यान्ड र युएई थिए । यद्यपि बीसीसीआईका सीईओ हेमांग अमीनको पहिलो विकल्प युएई थियो । आईपीएल युएईमा पहिले पनि भएको छ र युएई इगल्यान्ड भन्दा सस्तो पनि छ । आईपीएल २०२१ को सत्रका ६० खेलहरू मध्ये २९ खेल सम्पन्न भइसकेपछि मात्र कोरोनाका कारण स्थगित गरिएको थियो । संयोगवश, अघिल्लो सत्र पनि युएईमा १९ सेप्टेम्बरमा सुरु भएको थियो । यद्यपि यसको आधिकारिक घोषणा बीसीसीआईको २९ मेको विशेष बैठक पछि गर्ने र यो बैठक पछि, कुन म्याचहरू कहाँ र कुन मितिहरूमा खेलिने छन यो घोषणा पनि हुने सम्भावना छ ।