नेपाली / English

म्यानमारमा सैनिक शासनको सरकारद्वारा चार महीनामा ४३०० मानिसलाई १३४ बर्ष पुरानो जेलमा कैद, कैदीहरुमा नेताहरू, पत्रकार र प्रजातन्त्रका समर्थकहरू

म्यानमार । म्यानमारको सैन्य सरकारले प्रजातान्त्रिक समर्थनको बिरूद्ध चार महिनामा ३४०० भन्दा बढी मानिसहरूलाई बन्दी बनाएर तोडफोड र अत्याचारको लागि कुख्यात १३४ वर्ष पुरानो खतरनाक जेलमा राखिएको छ । उक्त कुख्यात १३४ वर्ष पुरानो खतरनाक जेल पाँच हजार बन्दीहरू राख्न सकिने क्षमता रहेकोछ । हाल कैदीहरूको क्षमता भन्दा दुई गुणा धेरै बन्दीहरुलाई उक्त जेलमा ल्याइएको छ ।
समाचारका अनुसार चुनिएका नेताहरू, पत्रकार र सयौं राजनीतिक समर्थकहरू सेनाले फेबअरी १ मा सत्ता पल्टाइसकेपछि यहाँ कैद गरिएका छन । तिनीहरू मध्ये धेरैलाई गोली लागेको घाउहरु पनि आलै छन ।

हालसालै, अष्ट्रेलियाका आर्थिक सल्लाहकार र दुई जना अमेरिकी पत्रकारलाई पनि जेल हालिएको छ । बेलायती राजमा निर्मित यो जेल स्थापनादेखि नै बर्बरताका लागि कुख्यात छ । सत्ता पल्टाइसकेपछि यहाँ सैनिक शासनमा निरंकुशताको प्रक्रिया जारी छ । यदि सैन्य सरकार हटाइएन र प्रजातन्त्र पुर्नस्थापित भएन भने राजनीतिक कैदीहरूले फेरि अत्याचारको सामना गर्नुपर्ने भनि उनी डराएका राजनैतिक बन्दीहरूका लागि काम गर्ने यू बाई क्यूले बताएका छन ।