नेपाली / English

ढल्यो गण्डकीमा सरकार : मुख्यमन्त्री गुरूङको पक्षमा जम्मा २७, विपक्षमा ३० मत

कास्कि, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले प्रदेश सभामा विश्वासको मतको प्रस्ताव राखेका थिए । उक्त प्रस्तावमा भएको मतदानमा ५८ जना प्रदेश सभा सदस्य उपस्थित थिए भने ५७ जनाले मतदान गरेका थिए । नेकपा एमाले संसदीय दलका नेतासमेत रहेका गुरूङ नेतृत्वको सरकारले विश्वासको मत पाउन सकेने । यसका साथै मुख्यमन्त्री गुरूङको सरकार ढलेको हो ।

मुख्यमन्त्री गुरूङको पक्षमा २७ मत आएको छ भने विपक्षमा ३० मत आएको छ । मुख्यमन्त्री गुरूङलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र राष्ट्रिय जनमोर्चाका सांसदले भोट दिएका थिएनन् । ३ जना सांसद रहेको जनमोर्चाका एक सांसद भने तटस्थ बसेका छन् ।