नेपाली / English

मुगु जिल्लामा पाईने रैथाने बालीहरु

रैथाने बालीको महत्वः

कोदोः मधुमेह, रक्तचाप, युरिक एसिड, दम, रुघाखोकी, शरिर दुख्ने, कब्जियत, पेट दुख्ने, झाडापखाला, कमलपित्त जस्ता रोगीहरुका लागि अतिराम्रो मानिन्छ र साथै गर्भवती महिलाको लागि कोदो पोषिलो भोजन हो ।

फापरः रुगाखोकि, टाउको दुख्दा र ज्वरो आउदा, ग्याष्ट्रिक हुँदा पेट दुख्दा विसालु बस्तु खाएमाा, पखाला लाग्दा, निमोनिया हुँदा, छालाको समस्या, दिसा—पिसाब रोकिदा, गिंजाको समस्या साथैं रक्तकोषिका मजबुद गर्न र रगत बहन रोगको औषधिको रुपमा फापर प्रयोग गरिन्छ ।

चिनोः मधुमेह, क्यान्सर, हाडजोर्नि दुख्ने, कलेजो सम्बन्धि रोग, रक्तनली साघुरिएर हुने हृदयघात लगायत अन्य मुटुरोगहरु, माइग्रेन, मृगौलाको पत्थरी जस्ता रोगहरु हुन दिदैन साथै शरिरका ग्रन्थीहरुको विकास एंव प्रत्रियामा मद्दत गर्दछ ।

कागुनोः कार्बाेहाइड्रेट पचाउने विभिन्न पाचक रसहरुको कामलाई ढिलो बनाउने तत्वहरु पाइन्छ जसले जसले गर्दा मधुमेह रोगको लागी उत्तम मानिन्छ र कागुनोमा फनोल्स, ट्यानिस, अलयाभोनोइडस्, स्यापोनेन्स नाम गरेका क्यान्सर निरोधक रसादीहरु पाइन्छ जसले क्यान्सर हुनबाट बचाउछ ।

मार्सेः अन्य बाीको तुलनामा फलाम, क्याल्सीयम, भिटामिन सि र फोलिक एसिड प्रचुर मात्रामा पाइन्छ , सुस्मा तत्वको बढी आवश्यत्ता पर्ने बालबालिका, सुत्केरी अवस्थाको महिला तथा बुडाबुढी वर्गहरुको लागी यो अत्यन्त फाइदाजनक छ । साथै मार्सेको सागले बालबालिकामा रतन्धोको समस्या कम गर्ने देखिएको छ ।

उवाः भोगलाई कम गरेको अनुभब गराउन्छ जसका कारण यसको प्रयोगले मोटोपन घटाउन सहयोग गर्दछ, पाचन प्राणालिमा सहयोग गर्दछ । साथै प्रसस्तमात्रामा भिटामिन वि कम्प्लेक्स पनि पाइन्छ ।

रैथाने बालिको सुरक्षाका मुख्य उपायाहरुः

  • रैथाने बालिका विउहरुको भण्डारणमाा जोडदिने ।
  • रैथाने बालिहरुको महत्वबारे प्रचार प्रसार गर्ने ।
  • रैथाने बालिका विउहरुलाई बिउ बैंक र जिन बैंकमा राखी सुरक्षण गर्ने ।
  • बाल चित्र अपनाउदा रैथाने बालिको पनि प्रयोग गर्ने ।
  • जंग फट निरुत्साहित गरी हाम्रो आहार प्रयोग गर्ने बानि बसाली खराब आहारा बानिमा परिवर्तन ल्याउने ।

 

जनहितमा जारी सन्देश ।
‘ रसायनिय विसादीका नकरात्मक असरहरुबारे सचेत रहौं,मानब स्वास्थ्य र बातावरणलाई बचाऔं ’

 

१. रसानियक विषादिको प्रयोगबाट मानब स्वास्थ्यमा तत्कालिन र दिर्घकालिन असर देखापर्ने हुन्छ ।

मानव स्वास्थ्यमा तत्काल देखिनसक्ने असरहरु
टाउको दुख्नु, रिङ्गटा लाग्नु, वाकवाकि लाग्नु, छात्ति दुख्नु, पेट बटारिनु, पखाला लाग्नु, अनिन्द्रा, छाला फाटनु वा चिलाउनु, फोका आउनु, आँखा रातोहुनु वा पाल्नु, आँसु बहनु, सिंगान बगिरहनु, शरिर झमझमाउनु वा पोल्नु आदि ।

मानब स्वास्थ्यमा देखिने दिर्घकालिन असरहरु
एलर्जि, पक्षघात, प्रजनन् क्षमतामा कमि, बाँचोपन वा नपुशंकता, श्वास प्रश्वास सम्बन्धि दिर्घ रोगिहरु, कलेजो सम्बन्धि समस्या, मानसिक असन्तोलन, बंशाणुगत परिवर्तन, क्यानसर अस्वस्थ बच्चाको जन्महुने आदि ।

२. बातावरणमा देखिने नकरात्मक असरहरु

  • उपयोगि मित्रजिव तथा फाइदाजनक जिवहरुको विनास ।
  • खाद्य चक्र प्राणलि र कृषि परिस्थीतिको प्राणालिमा असन्तुलन ।
  • माटो, हावा, पानि लगायत बोट विरुवा प्रदुषित बनाउने ।
  • माटोको उर्भरा शक्ति र जैविक विविधताको ह्रास गराउने

खाद्य सुरक्षा उन्मुख अर्गानिक कृषिका आधारहरु तयार गराऔं,
विशिष्टीकृत कृषि तथा सहकारी विकासबाट समृद्ध कर्णाली प्रदेश निर्माण गरौं

 

कृषि विकास कार्यालय
गमगढी, मुगु
कर्णाली प्रदेश