नेपाली / English

बेंजामिन नेतन्याहूको १२ वर्षे कार्यकाल समाप्त, नफ्ताली बेनेट इजरायलका नयाँ प्रधानमन्त्री

तेल अवीव । नफ्ताली बेनेटले आइतबार इजरायलको नयाँ प्रधानमन्त्रीको रूपमा शपथ लिए र प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको बिदाइ भए । आइतवार राती अबेर ६० सांसदहरूले नयाँ सरकारको पक्षमा मतदान गरे, जबकि ५९ सांसदले यसका बिरूद्ध मतदान गरेका थिए । यसैबाट नेतान्याहूको १२ वर्षको कार्यकाल समाप्त भयो ।

बेनेटले संसदलाई सम्बोधन गर्दै म गर्व गर्दछु कि म बिभिन्न दृष्टिकोणका मानिसहरुसंग काम गर्ने मौका पाउनेछु साथै यस्तो महत्वपूणर् समयमो यो जिम्मेवारी लिइरहेको छु । मुलुकको वातावरणबाट बाहिरिनको लागि चुनावहरू एकदमै आवश्यक भएको उनि विश्वास गर्छन ।

बेनेट यहूदी धर्मका हुन र तेल अवीव उपनगर निवासी हुन । उनि बेन्जामिन नेतान्याहूको पूर्व सहयोगी पनि हुन । बेनेटले नेतान्याहूको १२ बर्षको शासन अन्त्य गर्न केन्द्रीय र लेफ्ट गुटहरूसँग हात मिलाएका हुन ।

उनको कट्टर राष्ट्रवादी यमीना पार्टीले मार्चमा सम्पन्न चुनावमा १२० सदस्य नेसेट (इजरायली संसद) मा केवल सात सीटले जितेको थियो । तर उनी नेतान्याहू वा उनका विरोधीहरूको अगाडि झुक्न सकेनन् र किंग मेकरको रूपमा देखा परे । उनको धार्मिक राष्ट्रवादी पार्टीका सदस्यले पार्टी छोडेको भए पनि उनको शक्तिले आज शत्तामा बिराजमान हुन सफल भएका छन् ।

बेनेट लामो समयसम्म नेतान्याहूको दाहिने हातमा रहेर कार्य गरिसकेका हुन । तर उनी नेतान्याहूको गठबन्धनको मोडेलमा खुश थिएनन । संसदमा कम बहुमतको बाबजुद उनले दक्षिणपन्थी, वामपन्थी र केन्द्रवादी पार्टीहरूसँगको गठबन्धनमा सरकार त गठन गर्न सके तर यस्तो गठबन्धनका कारणले अगाडि बढ्न उनलाई त्यति सजिलो भने हुँदैन ।

बेनेट प्यालेस्टाइनको स्वतन्त्रताको विरोधी हुन र कब्जा गरिएको पश्चिम तट र पूर्वी जेरूसलममा यहूदी बस्तीहरूको कट्टर समर्थक हुन, उनले प्यालेस्टाइन र अन्तर्राष्ट्रिय समुदायलाई शान्ति प्रक्रियामा अवरोधको रूपमा लिएका छन् । तत्कालीन राष्ट्रपति बराक ओबामाको दबाबमा बस्तीहरू सुस्त पार्ने नेतान्याहूको कदमको बेनेटले कडा विरोध गरे । तर आफ्नो पहिलो कार्यकालमा ओबामा शान्ति प्रक्रिया पुनर्स्थापना गर्न असफल भएका थिए । बेनेट एक दक्षिणपन्थी नेता र सुरक्षाको बारेमा कडा तर व्यावहारिक नेता भएको इजरायल डेमोक्रेसी इन्स्टिच्युटका प्रमुख जोहान प्लेजनेर बताउछन् ।