नेपाली / English

विश्व टेस्ट च्याम्पियनशिप फाइनलका लागि टीम इण्डियाको घोषणा

नया दिल्ली । टीम इंडियाले न्यूजीलैंड बिरुद्ध साउथम्प्टनमा जून १८ जुन देखि २२ जुनसम्म खेलिने विश्व टेस्ट च्याम्पियनशिप फाइनलका लागि १५ खेलाडीहरूको सूची जारी गरेको छ । सूचीका आधारमा भारतका लागि रोहित शर्मा र शुमन गिलले इनिंग्सको शुरुवात गर्ने छन् । सस्पेंस अझै पनि बलिङ्ग संयोजनमा देखिएको छ । यद्यपि शार्दुल ठाकुरको नाम टीममा सामेल नभएपछि चार तेज गेंदबाज प्लेइङ्ग ११ मा सामेल हुने सम्भावना कम भएको छ ।

रोहित र गिल पछि तेस्रो नम्बरमा चेतेश्वर पुजारा, चौथो नम्बरमा कप्तान विराट कोहली र ५नम्बरमा अजिंक्य रहाणे स्थिर देखिन्छन् । हनुमा विहारीलाई पनि टोलीमा समावेश गरिएको छ । यदि भारतीय टीम ६ विशेषज्ञ ब्याट्सम्यान (विकेटकीपर बाहेक) सँग खेल्न मैदानमा आउँछन् भने विहारले मात्र प्लेइङ्ग ११ मा मौका पाउने छन् । यस्तो अवस्थामा पन्त ७ नम्बरमा आउनेछन् । यदि विहारी शामिल गरिएका छैनन भने पंत ६ नम्बरमा खेल्नेछन् ।

भारतका १५ खेलाडीहरूको सूचीबाट टिम व्यवस्थापनले दुई स्पिनर खेल्ने योजना बनाएको देखिन्छ । यदि चार तेज गेंदबाज खेल्छन भने रविचन्द्रन अश्विन वा रवीन्द्र जडेजा बाहिर हुनु पर्ने हुन्छ । यस्तो अवस्थामा शार्दुल ठाकुर पनि सामेल हुन्छन भने उनी राम्रो ब्याटिङ्ग गर्न सक्छन् । यदि शार्दुल टिममा हुदैनन भने इशांत, शमी, बुमराह र सिराजको खेल भारतीयका लागि ब्याटिङ्ग लाईन कमजोर हुने सम्भावना छ ।
भारतले इशांत, बुमराह, शमी र सिराज साथै उमेश यादवलाई समावेश गरेको छ । यद्यपि उमेशको हालको फार्म र अवसरहरूको आधारमा सम्भावना कम देखिन्छ । बुमराह र शमीको प्ले ११ मा स्थान स्थिर मानिन्छ । यस्तो अवस्थामा, इशांत र सिराज मध्य को प्ले ११ मा मौका पाउने छन् यस प्रश्नको जवाफ म्याचको दिनमा मात्र देख्ने सकिनेछ ।