नेपाली / English

बाढीजन्य विपद व्यवस्थापनका लागि मेलम्ची नगरलाई काठमाडौँ महानगरद्वारा २ करोड रुपैयाँ सहयोग

काठमाडौँ । काठमाडौँ महानगरले मेलम्ची नगरलाई बाढीजन्य विपद व्यवस्थापनमा सघाउन २ करोड रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने भएको छ । आज राष्ट्रिय सभा गृहमा सुरु भएको नवौँ अधिवेसनमा राखिएका प्रस्तावमध्ये विविध विषयमा छलफल गर्दै भगिनी सहरको दुःखमा साथ दिन सहयोग उपलब्ध गराउने निर्णय गरिएको प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिनुभयो ।

नगर क्षेत्रमा बाढी पसेर जनधनको ठूलो क्षति पु¥यायो । त्यहाँको जनजीवन अहिले संकटमा छ । यो संकटमा साथ दिन सहयोग गर्ने निर्णय गरेका हौँ । प्रमुख शाक्यले भन्नुभयो, यो सहयोगबाट खोज तथा उद्धार र जनजीवनको पुनस्र्थापनाका लागि सहयोग पुग्ने अपेक्षा गरेका छौँ ।
अन्तरनगर आपसी समन्वय, सहकार्य र साझेदारीमार्फत नागरिकको आय आर्यजनमा टेवा पुग्ने, जीविकोपार्जन र आपसी हित प्रवर्धन हुने, साझा प्रयत्नबाट संस्थागत प्रणाली सुदृढीकरण तथा सवलिकरणको प्रयासका लागि स्थापना भएको भगिनी सम्बन्ध भएको नगर आज संकटमा छ । यसलाई सहयोग गर्नु हाम्रो दायित्व हो । नगर सभा सदस्यहरुले सहयोग बढाउन प्रस्ताव गर्नुभएको थियो । गएको बर्ष पुस २१ गते वागमती प्रदेशका दुई नगरहरु काठमाडौं महानगर र मेलम्ची नगथरबीच भगिनी सम्बन्ध सम्बन्ध स्थापना भएको थियो ।

भगिनी सम्बन्ध स्थापना लगत्तै मेलम्ची सिटी पार्क निर्माण सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । मेलम्ची नगरपालिका वडा नं. १० मेलम्चीबजार नजिक इन्द्रावती नदीको किनारमा जोडिएको स्थलमा पानीको फोहरा, हेलिप्याड, पर्यटक विश्रामस्थल, बालबालिका खेलकुद कक्ष सहितको रमणीय तथा पर्यटकीय पार्क निर्माण गर्न महानगरले यस अघि १ करोड ५० लाख रुपैयाँ प्रदान गरिसकिएको छ ।

दुवै नगरको सहकार्यमा मेलम्ची नदी र सहायक खोलाका उदगम स्थलदेखिका बहाव क्षेत्रहरुमा बृक्षारोपण तथा प्रदुषण नियन्त्रणको काम गर्ने योजना थियो । बाढीले अहिले जनधनको क्षतिसँगै पूर्वाधार र जनजीविकाका सबै ठाउँहरुमा क्षति पु¥याएको छ ।