नेपाली / English

सिन्धुपाल्चोक र मेलम्चीका १५० परिवारलाई लायन्सद्वारा राहत हस्तान्तरण

मेलम्ची । २५ जुन २०२१ का दिन इन्टरनेसनल लायन्स क्लब डिस्ट्रीक ३२५ ए २ का जोन चियर पर्सन लायन गुरु केदार बरालको नेतृत्वमा लायन्स क्लब ओखलढुंगा पोकली वाटरफल र लायन्स क्लब काठमाडौ हाइटबाट १५ जुन २०२१ मा गएको बाढी पहिरो पीडित सिन्धुपाल्चोक मेलम्ची नगर पालिका र हेलम्बु गाउँ पालिका बासीको सहयोगको लागि १५० परिवारको लागि आवश्यक बल्याङकेट, म्याट,खानेपानी, माक्स, सेनिटाइजर लगायतका अति आवश्यक राहत सामाग्री स्थानीय नगरबासी, सुरक्षाकर्मी, सामाजिककार्मी तथा लायनहरुको उपस्थितिमा मेलम्ची नगर पालिकाका मेयरलाई हस्तान्तरण गरियो ।

उक्त कार्यक्रममा राहत सामाग्री बुझ्दै मेलम्ची नगरपालिकाका मेयरले लायन्स क्लबलाई धन्यवाद दिदै यस्तै सामाजिक संघ संस्थाको सहयोगले मेलम्ची तथा हेलम्बु बासी दैवीप्रकोप पीडितलाई ठूलो राहत मिलेको र आउँदा दिनहरुमा अन्य क्षेत्रमा पनि सहयोगको अपेक्षा गरिएको मन्तव्य राख्नु भएको थियो । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै जोन चियर पर्सन लायन गुरु केदार बरालले संकटमा परेका हरेक ब्याक्ती र समुदायको जीवन रक्षाको लागि लायन्स क्लब २४ सै घण्टा लागि पर्ने र मेलम्ची तथा हेलम्बु बासीको पीडामा थोरै भए पनि मलम लगाउन पाउँदा मन आभारी भएको बताउदै लायन्स क्लब ओखलढुंगा पोकाली वाटरफलका चार्टर प्रेसिडेन्ट लायन बर्षा राउतको सक्रिय तथा उत्प्रेरित नेतृत्वले यी सम्पुर्ण राहत सामाग्री ब्यवस्थापन गर्नु हुने लायन्स क्लब ओखलढुंगा पोकली वाटरफलका कल्चरल प्रोग्राम डाइरेक्टर लायन सावित्री खत्री र उक्त कार्यमा सक्रिय सहयोग गर्नु हुने लायन्स क्लब काठमाडौ हाइट र पोकली वाटरफलका सबै लायनहरुलाई धन्यवाद दिनु भयो ।

राहत बितरण कार्यक्रममा नायिका अश्लेषा ठकुरी, काठमाडौ हाइटबाट लायन सिताराम बानिया,पोकली झरना सेवा समाज का महासचिव लायन शम्भु बराल, लायन सरोज ढुंगेल र पोकली वाटरफलबाट लायन लिलादेवी धमला,लायन सावित्री खत्री,लायन दामोदर अधिकारी, लायन सुदीप चालिसे लगायतका लायन रहनु भएको थियो ।