नेपाली / English

लकडाउन खुकुलो पछि बढ्न थाल्यो कोरोना संक्रमण हुनेको संख्या

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २८९२ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा नेपालमा थप २८ सय बढीमा कोरोनाको संक्रमण पुष्टि भएको हो । लकडाउन खुकुलो गरेसँगै देशभर फेरि संक्रमित बढ्न थालेको तथ्यांकले देखाएको छ । हिजो मंगलबारका दिन २,६३६ जनामा संक्रमण पुष्टि भएको थियो भने जबकी सो दिन ११ हजार ७४८ जनाको परीक्षण भएको थियो । आज भने हिजो मंगलबारको भन्दा केही कम ११ हजार ५६८ जनामा परीक्षण भएको मन्त्रालयले जनाएको छ ।

साथै बितेको २४ घण्टामा ४१ जनाको मृत्यु भएको छ भने सोही अवधिमा ३ हजार ५९७ जना निको भएको मन्त्रालयले जनाएको छ । यससँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर कोरोना संक्रमितको कुल संख्या ६ लाख ३८ हजार ८०५ ९पीसीआर० र ३४ हजार ९४४ ९एन्टिजेन० जना पुगेको छ । त्यस्तै निको हुने संख्या ५ लाख ९६ हजार १३२ पुगेको र मृतकको संख्या ९ हजार ११२ पुगेको छ ।