नेपाली / English

भट्टराई यादव पक्षका कार्यकारिणी सदस्य र सांसद आवासीय प्रशिक्षणका लागि गोदावरीमा

काठमाडौं । निर्वाचन आयोगले जसपाको आधिकारिकताका लागि कार्यकारिणि सदस्य र सांसदहरु प्रत्येक्ष उपस्थित गरेर बहुमतका लागि गणना गर्ने भनेपछि भट्टराई र यादवले कार्यकारिणी सदस्य र सांसदलाई गोदावरी आवासीय प्रशिक्षण कार्यक्रम गर्ने निर्णय गर्दै गोदावरी लगेकाछन् । जसपाको आधिकारिकता सम्बन्धी विवादबारे निर्णय गर्न सोमबार निर्वाचन आयोगले कार्यकारिणी सदस्य र सांसदहरूको टाउको गन्ने निर्णय गरेको छ ।

समाचार स्रोतका अनुसार आफू पक्षधर कार्यकारिणी सदस्य र सांसदहरू अर्को समूहमा नलागून् भनेर उनीहरूलाई गोदावरीको रिसोर्टमा राखेका हुन् । जसपामा ५१ सदस्यीय कार्यकारिणी समिति छ भने ३४ जना सांसद छन् । ३४ मध्ये २ सांसद निलम्बित छन् । ५१ सदस्यीय कार्यकारिणी समितिका एक सदस्य थारु जेलमा छन् ।