नेपाली / English

‘जसपा नेपाल’ बाबुराम भट्टराई, उपेन्द्र यादव र अशोक राईको पक्षलाई आधकिारकिता प्राप्त

काठमाडौं । जसपा नेपालको आधकिारकिता सम्बन्धित विवादमा आज नर्विाचन आयोगले केन्द्रयि कार्यकारणिी समतिकिा सदस्यहरूलाई शशरीर उपस्थति (शनाखत) गराई बहुमत अल्पमतको आधारमा वविाद नरिूपण गरेको छ ।

५१ जना केन्द्रयि कार्यकारणिी समतिमिा बहुमत ३४ जना सदस्यले बाबुराम भट्टराईरउपेन्द्र यादव रअशोक राई पक्षमा मतदान गरेकाले सोही पक्षले आधकिारकिता प्राप्त गरेको छ भने महन्थ ठाकुर पक्षमा १६ जना सदस्यले मतदान गरेको छ ।

टिकापुर काण्डमा दोषी ठहरपछि हाल डिल्लीबजार कारागारबाट आयोगमा उपस्थित भएका चौधरीले आफ्नो एकमात्र एजेण्डा न्याय, न्याय र न्याय रहेको बताए।

डिल्लीबजार कारागारबाट प्रहरीको गाडीमा अयोग पुगेका चौधरीले भने, ‘जेलबाट आएर एउटा पक्षमा हस्ताक्षर गर्न मेरो नैतिकताले दिएन। मेरो पक्ष र विपक्ष दुबै जसपा हो।’

उनले पार्टीको आधिकारिकता जसले पाए पनि अध्यक्ष महन्थ ठाकुरलाई भीष्म पितामहको दर्जा दिन आग्रह गरे। महाभारतमा युधिष्ठिर र अर्जुनले युद्ध जित्ने थाहा पाउँदापाउँदै भीष्म पितामहले दुर्योधनलाई साथ दिएको दृष्टान्त प्रस्तुत गर्दै चौधरीले जसपा विवादमा जुनसुकै पक्षले जिते पनि ठाकुरलाई भीष्म पितामहको दर्जा कायम गरिदिन अनुरोध गरे।