नेपाली / English

नारामै सीमित दुल्लु स्मार्ट सिटी

दैलेख । २८ असार २०७४ मा देशका अन्य सहरसँगै दैलेखको दुल्लु पनि स्मार्ट सिटी बनाउने निर्णयभित्र पर्‍यो । सरकारले बजेट सुनिश्चितता गर्दै दुल्लुसहित देशका १२ वटा स्थानलाई ‘स्मार्ट सिटी’ बनाउने निर्णय गरे पनि दुल्लुमा कार्यान्वयन हुन सकेको छैन । स्मार्ट सिटी शिक्षा स्वास्थ्य, विद्युत, खानेपानी, फोहोर व्यवस्थापन, यातायात सेवा, भौतिक संरचनादेखि सञ्चार र बजार अत्याधुनिकसम्म हुनुपर्छ ।

यो यस्तो शहर हो, जहाँ पूर्ण व्यवस्थित हुन्छ । आधुनिक शहरमा आवश्यक पर्ने सबै सेवासुविधा स्मार्ट सिटीमा पाउँछन् । जुम्ला सिँजा राज्यको उहिलेको हिउँदे राजधानीसमेत मानिएको दुल्लु नगरपालिका प्राकृतिक रूपमा झट्ट हेर्दा स्मार्ट सिटी जस्तै देखिन्छ ।

झट्ट टाढाबाट देखेजस्तो छैन्, यसको वास्तविकता नजिकबाट फरक छ । दिनहुँ खानेपानीको अभाव, घण्टौं हिँडेर स्कुल पुग्नुपर्ने, फोहोर व्यवस्थापन नभएको, पर्याप्त रुपमा यातायात सेवा नभएको दुल्लुमा स्मार्ट सिटी साँच्चिकै सपनामा थियो । तर, सरकारले स्मार्ट सिटी नबनाइ नछोड्ने भनेपछि दुल्लु पनि कम्तीको थिएन । स्मार्ट सिटी बन्ने भएपछि दुल्लु क्षेत्रका स्थानीयहरुको खुशीको सिमानै थिएन । दुल्लु स्मार्टसिटी भएको नगरवासीको चाहना खुशी अहिले सपना जस्तै भएको छ ।

समय समयमा यहाँका स्थानीय नागरिक र बाहिरबाट आउने नागरिकले विभिन्न समस्या झेलिरहेका छन् । स्तरीय सडक, स्वास्थ्य, विद्युत, खानेपानी, फोहोर व्यवस्थापन, यातायात सेवा, भौतिक संरचना स्थानीयहरु सडकदेखि अन्य सेवाहरुबाट टाढा छन् । नजिकै सडक छ । तर, सडकको हिलो र फोहोर पानी सवारी चलाउँदा आँगनमै पुग्छ। पानी भर्न घण्टौ लाइन लाग्नु पर्छ, एक स्थानीयले भने अनि यसलाई कसरी स्मार्टसिटी भन्ने रु

सडकभरि खाल्डाखुल्डीले भैंसी बस्ने आहालजस्तै बनेका छन् । तर, सडक स्तरोन्तिमा नगरपालिकाले चासो दिएको छैन । सबैभन्दा बढी सास्ती अहिले दुल्लु बजार क्षेत्र, कीर्तिखम्ब चोकदेखि पटांगिनी दुल्लु संग्रहालय हुँदै घियातिदुस्थित मध्यपहाडी राजमार्गसम्म जोड्ने सडक अस्त व्यस्त बनेको छ । ुयस्तो छ, जहाँ खाल्डैखाल्डोको स्मार्ट सिटी भित्र पर्ने गरेको छु, स्थानीय कमल भण्डारीले, ‘त्यसमा पनि पानी पर्दा हिलो र घाम लाग्दा धुलोको स्मार्ट सिटीले दुल्लुका स्थानीयहरुले सास्ती खेप्नु परेको छ ।’-जितेन्द्र थापा/न्युज कारखाना