नेपाली / English

पार्टी विभाजन भएको छैन, शुद्धीकरण भएको हो :  किरण गुरुङ 

नेपालको कम्युनिस्ट पार्टीको लामो इतिहास बोकेको नेकपा एमाले आन्तरिक सत्ता संघर्षकै कारण विभाजन भएको छ । गत वैशाखमा एमाले अध्यक्षसमेत रहेका केपी ओलीले संसद्‌मा विश्वासको मत लिँदा माधव नेपालसहितका असन्तुष्ट नेताहरू मतदानमा अनुपस्थित रहे । आफ्नै पार्टीका सांसदहरूको मत नपाएका ओलीले अन्ततः प्रस्ट बहुमतको सरकारको नेतृत्व गुमाउनुपर्‍यो ।

ओलीलाई विश्वासको मत नदिएका नेपालसहितका नेताहरूलाई ओलीले कारबाही गर्ने र सहमतिका लागि भन्दै फुकुवा गर्ने क्रम केही समयसम्म चलिरह्यो । एमालेभित्रको अन्तरसंघर्ष चलिरहेकै बेला शेरबहादुर देउवा नेतृत्वको सरकारले २० प्रतिशत सांसद वा केन्द्रीय सदस्यले पार्टी विभाजन गर्नसक्ने बाटो खोल्दै अध्यादेश ल्यायो ।

सरकारले ल्याएको अध्यादेशकै बलमा एमालेभित्रका असन्तुष्ट नेताहरूले माधव नेपालको नेतृत्वमा नेकपा  (एकीकृत समाजवादी) दल दर्ता गरे । नेपालको लोकतान्त्रिक र कम्युनिस्ट आन्दोलनको मुख्य शक्ति र मूल प्रवाहको रूपमा स्थापित भएको एमाले विभाजनको मुख्य कारण के हो रु कसका कारण एमाले विभाजन भयो रु अब एमाले कसरी अघि बढ्छ रु लगायतका समय सान्दर्भिक विषयमा नेकपा ९एमाले०का स्थायी कमिटी सदस्य किरण गुरुङसँग गरेको कुराकानीको सम्पादित अंश :

पार्टीको अन्तरसंघर्ष, नेताहरूको जुँगको लडाइँ र राजनीतिक हठले केन्द्रदेखि प्रदेशसम्मको एमाले नेतृत्वको सरकार ढल्यो । यसको दोष तपाईंको भागमा कति पर्छ ? 

संघ र प्रदेश सरकार ढले, यो यथार्थ नै हो । यसमा हाम्रो पक्षबाट पनि केही कमजोरीहरू भएका छन् । तर, यो ढल्नुको मुख्य कारण भनेको पार्टीमा जुन विग्रह पैदा गर्ने काम गरेर अहिले जसरी नयाँ पार्टी गठन गरेर एकीकृत समाजवादी बनाएर जानुभएको छ, कमरेड माधव नेपाल नै यसको मुख्य जिम्मेवार हो ।

एकीकृत समाजवादी निर्माण गर्नका निम्ति यताचाहिँ कार्यदल निर्माण गरेर सहमति गराएर सबै अन्तिममा पुगेर १० बुँदे प्रस्तावसँग सहमति भएर उहाँका प्रतिनिधिहरूले हस्ताक्षर गर्नुभयो । उहाँहरूले नै पठाएका प्रतिनिधिहरूले उहाँसँग पटक पटक छलफल गरेर स्पष्ट ढंगले लागू गर्न्गराउनका निम्ति भनेर १० बुँदे प्रस्ताव सहमतिमा पुगेको हो । अब पछि उहाँले त्यो निर्णयलाई मान्नुभएन, नमानेको कारणले गर्दा नयाँ पार्टी गठन गर्नुभयो । त्यसैले यसको मुख्य जिम्मेवार भनेको माधव नेपाल नै हो ।

नेतृत्वको हिसाबले केपी ओलीको दायित्व त माधव नेपाललाई समेटेर लैजाने, उहाँहरूको मागलाई सम्बोधन गर्ने  थियो नि १ यो कुरामा ओली चुक्नुभएको कि माधव नेपाल नै पार्टीमा बस्न नचाहनुभएको ?

समेट्ने भनेको विधि र विधानले हो । १० बुँदेमा सहमति भएर पनि मानिसकेपछि फेरि होइन, त्यो सहमति मान्दैनौँ भनेपछि कसको के लाग्छ र रु आफैँले सहमति गराएर, हस्ताक्षर गराएर बनाएको, प्रतिनिधिहरूले हस्ताक्षर गरिसकेको कुरालाई नमान्ने, अस्वीकार गर्ने भनेको त राजनीतिक बेइमानी गरेको हो नि ?

तर, माधव नेपालले त ओलीको सर्वसत्तावाद भन्नुहुन्छ, नेतृत्व हस्तान्तरणको कुरा गर्नुहुन्छ । यो नभएकाले अर्को पार्टी खोलेको भन्नुहुन्छ नि ?

एउटा कुरा के हो भने पाँच वर्ष उहाँ (ओली) नै अध्यक्ष रहने कुरा स्वाभाविक हो ।  उहाँचाहिँ नेता हुनुभयो, प्रधानमन्त्री हुनुभयो । प्रधानमन्त्री भइसकेपछि प्रधानमन्त्रीको हैसियतमा रहने कुरा आफ्नै ठाउँमा छ । प्रधानमन्त्री भइसकेपछि प्रधानमन्त्रीको अधिकार प्रयोग गर्न पाउँछ । अध्यक्ष भइसकेपछि अध्यक्षको अधिकार त प्रयोग गर्न पाउँछ नि होइन ?

अध्यक्ष भइसकेपछि अधिकार प्रयोग गर्न त पाइन्छ तर असन्तुष्ट पक्षलाई सन्तुष्ट पनि बनाउन सक्नुपर्‍यो नि १ असन्तुष्टिलाई मेटाउन नसक्दा पार्टी विभाजन भएन र ?

ओली प्रधानमन्त्री भएर पनि प्रधानमन्त्रीको अधिकार प्रयोग गर्न नपाउने रु माधवजीको हठ सबै पार्टीले निर्णय गर्नुपर्छ भन्ने रह्यो । विधिलाई मिच्ने कामचाहिँ माधव कमरेडले नै गर्नुभयो ।

अध्यक्ष भनेको एउटा संस्था पनि हो । जिम्मेवार पद पनि हो । जिम्मेवार पद भनेको विधि र विधानमा रहेर काम गर्ने हो । ओलीले विधि, विधान मिच्नुभएको छैन । पछिल्लो कालमा अविश्वास प्रस्ताव ल्याउने भइसकेपछि चाहिँ मध्यावधि निर्वाचनमा जाने कुरा गर्नुभएको थियो । किनकि, अब गठबन्धन गर्ने कुरा त भएन नि १ कांग्रेसमा जस्तै ।

बामपन्थी भन्ने, कम्युनिस्ट पनि भन्ने अनि अर्को पार्टीलाई प्रधानमन्त्री बनाएर आफ्नै पार्टीको प्रधानमन्त्री हटाउनु भनेको त्यो संसारमा कही नभएको विधिमा नै हुँदैन नि १ यो विधिसंगत होइन, नियमसंगत होइन । त्यो त विधानविपरीत कुरा नै हो, त्यो त एउटा अपराध नै हो । उहाँहरू त्यस ढंगबाट जानुभयो । म पार्टी विभाजन भएको भन्दिनँ, मात्र अहिले उहाँहरू पार्टी सारेर जानुभएको छ भन्छु ।

माधव नेपालले भनेझैँ महाधिवेशनबाट एमालेले युवा नेतृत्व पाउने सम्भावना कति छ रु कि तपाईंहरू ओलीकै नेतृत्वमा अघि बढ्नुहुन्छ ?

अहिले हाम्रो पार्टी ठूलो हुँदै गएको छ । लोकतन्त्रमा लोकतान्त्रिक अभ्यासलाई हामीले अगाडि बढाइरहेका छौँ । अब पुरानो खालको संगठन ढाँचाबाट पार्टी चल्दैन, बहुदलीय प्रतिस्पर्धालाई हामीले आत्मासात् गरेका छौँ । हामीले उमेर हदका कुरा पनि राखेका छौँ । त्यस्तै गरेर अब हामीले प्रमुख जिम्मेवारी बहन गर्नेहरूले कति कार्यकाल रहने रु दुई पटक रहने कि रु तीन पटक रहने रु भन्ने कुराहरू पनि व्यवस्था गर्नुपर्छ ।

विधान महाधिवेशनमा ७० वर्षे उमेर हदका कुरा माधव खेमाबाट आएका नेताहरूले जोडदार रूपमा उठाइरहेका छन् । विगतमा पनि यो कुरा उठिरहेकै हो । अब कार्यान्वयन हुन्छ रु दोस्रो पुस्ताले नेतृत्व सम्हाल्न पाउलान् एमालेमा ?

अब महाधिवेशन हुन्छ । महाधिवेशनबाट विधान कसरी बनाउने भन्ने कुरा छलफल हुन्छ । अबको विधानले भनेको निकास दिने हो । जाम नगर्ने, सधैँ एउटै पुस्ताको नेतृत्व भइरहने, ५०औँ वर्षसम्म पनि उही नै भइरह्यो भन्ने हो ।

तीनरतीन वर्षमा सबै जिल्ला अधिवेशनहरू गरेर  नयाँ नेतृत्व ल्याउनुपर्नेमा अहिले आठ्नौ वर्ष भइसकेको छ, जाम भएको छ । यो जामको निकास दिने गरी विधान संशोधन गरेर अगाडि बढ्नु आवश्यक छ ।

केपी शर्मा ओली, माधव नेपाल, झलनाथ खनाल, त्यस्तै गरेर वामदेव आदि अहिले उमेरको हिसाबले भन्दा पनि पहिला पुस्ताको उहाँहरू नै हो अरू बाँकी रहेका स्थायी कमिटी सदस्यहरू, सदस्यहरू भनेको दोस्रो पुस्ता भन्न सकिन्छ ।

यसलाई उमेरले ठ्याक्कै नाप्ने कुरा त भएन तर त्यो दोस्रो पुस्ता नै हो । त्यसपछि बाँकी रहेका अरू भनेका तेस्रो पुस्ताका हुन् । त्यसले गर्दा अन्ततस् स्वाभाविक रूपमा अब दोस्रो पुस्तामा नेतृत्व हस्तान्तरण हुन्छ ।

पार्टीमा लामो समयदेखि नेतृत्व हस्तान्तरणको कुरा त चलिरहेकै हो । तर, तपाईंहरू नै नेतृत्व लिन अग्रसर हुनुहुन्छ । बूढा नेताहरूलाई बोकेरै हिँडिरहनु हुन्छ, किन ?

विधि र विधानमा व्यवस्था नगरी हामीले नेतृत्व हस्तान्तरणको कुरा गरेर त्यो लागू गर्न सकिँदैन ।

तपाईंहरूकै आन्तरिक लडाइँले प्रदेश प्रमुखदेखि मुख्यमन्त्रीसम्म गुमाउनुभयो नि रु कस्तो लाग्छ ?

गठबन्धन भइसकेपछि आफ्नै पार्टीभित्र समस्याको समाधान नगरी त्यसलाई विद्रोहका रूपमा जसरी भए पनि हटाउने भन्ने मानसिकता भइसकेपछि हामीले के नै गर्न सकिन्छ र रु जनताले पार्टीले टिकट दिएको, उम्मेदवार बनाएको, पार्टीकै टिकटमा चुनाव चिह्न र टिकटको आधारमा जितिसकेपछि पार्टीमा आफ्नो कार्यकालभरी त इमान्दार हुनुपर्छ ।

त्यहाँ नमिले पार्टीभित्र अन्तरसंघर्ष गर्ने हो । विद्रोह गर्ने भनेको त अराजक न हो । अहिले उहाँहरू फुटेर जानु भनेको अराजक हुनु हो । अराजकता भएका कारणले नै विधिसम्मत, मन नपरेपछि अराजक ढंगले म विधान पनि मान्दिनँ, विधि पनि मान्दिनँ, मेरो जिम्मेवारी पनि जेसुकै होस्, अब पार्टीको सरकार गिरे गिरोस्, अझ झनै गिराउनै परोस् भनेर लागिसकेपछि त त्यो एक किसिमको राजनीतिक अपराध नै हो ।

प्रदेशको सन्दर्भमा अबको रणनीति के छ ?

गण्डकी प्रदेशमा अब सरकार बनाउने बहुमत हामीसँग छैन । अन्य प्रदेशमा पनि जुन अहिले विभाजन भएर गएको छ, त्यसले गर्दा कहीँ पनि हाम्रो एक्लो बहुमतको आधारमा सरकार बन्ने अवस्था पनि छैन । त्यसले गर्दा अब हामी निर्वाचनमै जाने हो  । अब निर्वाचनको समयलाई पर्खन्छौँ, प्रदेश र संघको । स्थानीय तहको त छ(सात महिना कति छ रु अब हामी जनताकहाँ गएर जनताको विश्वास जितेर नै फेरि फर्कन्छौँ ।

केन्द्रदेखि स्थानीय तहसम्मका धेरै नेता, कार्यकर्ताहरूले एमाले छाड्दै छन्, छाडिरहेका छन् । समीक्षा गर्नुभएको  छैन ?

त्यो स्वाभिक रूपमा लिनुपर्छ । अहिले आएर विग्रह गर्ने, विभिन्न ढंगले भ्रम सिर्जना गर्ने, विभिन्न आन्तरिक विरोधका कार्यक्रमहरू गर्ने, विभिन्न लोभ, लालच, भ्रमलगायतका कारणले एक(दुई जना यताउति लागेका छन् । त्यो स्वाभाविक पनि हो ।

अहिले जे भइरहेको छ नि, यसले औपचारिक खालको एउटा संघर्ष पनि सिर्जना गरेको छ । आन्तरिक समस्याका बारेमा पनि छलफल भएको छ, बहस भएको छ । यसलाई पार्टी शुद्धीकरण गर्ने अवसरको रूपमा लिनुपर्छ । त्यही रूपमा हामीले उपयोग गर्नुपर्छ भन्ने लाग्छ । हाम्रो कमी कमजोरीलाई पहिचान गरेर, शिक्षाको रूपमा लिने र सुधार्ने काम गर्नुपर्छ ।

हाम्रा पनि कमी कमजोरी भएका छन्, विल्कुलै हामी पनि दूधले नुहाएका होइनौँ, हामीबाट पनि केही कमजोरी भएको हुन सक्छ । त्यस कारण पनि हामीले समीक्षा गरेर कमी कमजोरीहरूलाई हटाएर अगाडि बढ्ने हो । अहिले पार्टी विभाजन होइन, शुद्धीकरण पनि भएको छ । गलत खालका मान्छेहरू, पार्टीलाई उपयोग गरे, पदको दुरूपयोग गर्ने मान्छेहरु पाखा लागेका छन् ।

स्वार्थी अवसरवादी मान्छेहरू आफ्नो स्वार्थ जहाँ पूरा हुन्छ, त्यतै लागेका छन् । हरेक विकास क्रममा त्यो हुन्छ । उम्रनेजति सबै बिरुवा हुर्किंदैनन्, यो त प्रकृतिको नियम नै  हो । त्यसले गर्दा अब जो रहन्छन्, उनीहरूचाहिँ अझै दह्रो हुन्छन् । अझ क्रान्तिकारी हुन्छन् ।

यति हुँदा पनि तपाईंहरू आत्मालोचना गर्नुहुन्न रु अब पार्टीभित्रका बाँकी असन्तुष्टहरूलाई कसरी टिकाउने रु केही सोच्नुभएको छ ?

हिजो पनि पार्टीभित्र अन्तरसंघर्ष हुन्थ्यो तर त्यो गोप्य रहन्थ्यो । अहिले गोप्य भन्ने कुरा नहुन पनि सक्छ । तर, त्यो भनेको पार्टीभित्र नै छलफल गरी समाधान गर्ने विषय हो । नयाँ पार्टी बनाएर अर्को पार्टीमा जाने भन्नेचाहिँ गर्नुहुँदैन ।

यद्यपि, अरू पार्टीमा पनि जानै नपाइने भन्ने होइन, जान सकियो, चित्त बुझेन भने पार्टी छाड्न पाइने भयो । आउनेहरू पनि चित्त बुझेर नै आएको हो पछि चित्त बुझेन भने पार्टी छाड्न त पाउँछन् नि १ लोकतन्त्रमा पार्टी छाड्न पाइँदैन, एक पटक आइसकेपछि जिन्दगीभर नै त्यही पार्टीमा लाग्नुपर्छ भन्ने छैन । त्यो लोकतान्त्रिक प्रक्रिया नै हो ।

अहिले जे समस्या छन्, ती समस्याहरूलाई हामीले समाधान गर्दै लैजानुपर्छ । समाधान गर्न नसक्ने समस्याहरू हुँदैनन् । सहमतिमा आउनुपर्ने हुन्छ । कहिले छाड्ने, कहिले लिने गर्नुपर्छ । सधैँ, सबै लिने गरेर पनि हुँदैन ।

कतिपय आफूले छाड्नुपर्ने हुन्छ, समय पर्खनुपर्ने हुन्छ । एक पटक भएन भने अर्को पटक हुन सक्छ । अर्को पटक पनि भएन भने अर्को पटक हुन सक्छ । त्यसरी गर्ने हो भने मात्र सहमतिमा सबै कुरा अघि बढाउन सकिन्छ ।-अश्विन दानी/न्युज कारखाना