नेपाली / English

नेकपा (माओवादी) केन्द्रको भातृ संगठन वाइसीएल नेपालको प्रथम पूर्ण वैठक सम्पन्न

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को भातृ संगठन वाइसीएल नेपालको प्रथम पूर्ण वैठक जेष्ठ सदस्य क.प्रकाश पाण्डे प्रलोकको अध्यक्षता भदौ २२ गते काठमाडौंको अनुपम फुडल्याण्डलमा सम्पन्न भएको छ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा संगठनका संस्थापक पुष्पकमल दाहाल प्रमुख आतिथि रहेका थिए भने कार्यक्र संचालन माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा फ्र्याक्सन इन्चार्ज क. रामप्रसाद सापकोटा दीपशिखाले गरेका को थिए ।

बैठकले राष्ट्रिय भेलाद्वारा नव–निर्वाचित कार्यसमितिलाई नै तेश्रो राष्ट्रिय सम्मेलन आयोजक समितिमा रुपान्तरण गरि संयोजकमा सुमन देवकोटा र सह– संयोजक सुवोधराज शेर्पालीलाई चयन गरेको छ । नवनियुक्त संयोजक र सह संयोजक लगायत नव निर्वाचित केन्द्रिय समितिलाई पार्टी अध्यक्ष दाहाल र फ्र्याक्सन ईन्चार्ज दीपशिखाले शुभकामना दिएका थिए । २३१ सदस्यीय केन्द्रीय समिति मध्ये बैठकमा २०४ जना सदस्यहरुको उपस्थिति थियो ।